भैँसी चोरी मुद्दाका आरोपित पक्राउ
- गाउँ सहर डेस्क
- २७ पौष सोमबार, २०७७ | १०:४८:०० मा प्रकाशित
सप्तरी । भैँसी चोरी मुद्दाका आरोपित पक्राउ परेका छन् । सप्तरी प्रहरीले २४ वर्षपछि भैँसी चोरि मुद्दाका आरोपितलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको साविक पिप्रा गाविस हाल कञ्चनरुप नगरपालिका वडा नंम्बर ४ का ५० वर्षीय लक्ष्मण सरदार बातर रहेका छन् । उनलाई भैँसी चोरि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
स्थानिय भरत लाल बहरखेर यादवको भैँसी चोरि गरेको आरोपमा बातरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
प्रहरी नायव उपरीक्षक साहका अनुसार पक्राउ परेका बातरलाइ १ महिना कैद र ३७ हजार जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- विश्व हाँसो दिवस : एउटा मुस्कानले बदल्न सक्छ जीवन
- बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ र बाैद्धनाथ स्तूप (तस्बिरहरू)
- वैशाख १ मा मात्र फूल्ने अनाैठाे फूल ! के भन्छन् वनस्पतिविद्
- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन LIVE
- आज जन आन्दोलन दिवस मनाइँदै
- पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
प्रतिकृया दिनुहोस