समाज

भैँसी चोरी मुद्दाका आरोपित पक्राउ

सप्तरी । भैँसी चोरी मुद्दाका आरोपित पक्राउ परेका छन् । सप्तरी प्रहरीले २४ वर्षपछि भैँसी चोरि मुद्दाका आरोपितलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको साविक पिप्रा गाविस हाल कञ्चनरुप नगरपालिका वडा नंम्बर ४ का ५० वर्षीय लक्ष्मण सरदार बातर रहेका छन् । उनलाई भैँसी चोरि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

स्थानिय भरत लाल बहरखेर यादवको भैँसी चोरि गरेको आरोपमा बातरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरीक्षक साहका अनुसार पक्राउ परेका बातरलाइ १ महिना कैद र ३७ हजार जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत