पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- गाउँ सहर डेस्क
- २७ पौष आइतबार, २०८२ | ०९:२५:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते साेइतबार मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ ।
विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।
मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घुस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्र निर्माताको धारणा सदासर्वदा स्मरण योग्य छ ।
हेराैँ केही उपदेशहरू
१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।
२. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।
३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।
४. सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।
५. जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।
६. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।
७. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।
९. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।
१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।
१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।
१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- विश्व हाँसो दिवस : एउटा मुस्कानले बदल्न सक्छ जीवन
- बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ र बाैद्धनाथ स्तूप (तस्बिरहरू)
- वैशाख १ मा मात्र फूल्ने अनाैठाे फूल ! के भन्छन् वनस्पतिविद्
- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन LIVE
- आज जन आन्दोलन दिवस मनाइँदै
- आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
प्रतिकृया दिनुहोस