कला

पूजामा शंख बजाउनुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौँ । नेपाली समाजमा धार्मिक काममा शंखको प्रयोग गर्ने गरिन्छ । पुजा–आराधना, अनुष्ठान–साधना, आरती महायज्ञ एवं तान्त्रिक क्रियामा शंखको वैज्ञानिक एवं आयुर्वेदिक महत्व रहेको छ । हिन्दु मान्यता अनुसार कुनै पनि पुजा, हवन, यज्ञ आदिमा शंखको प्रयोग बिना पूजा पुर्ण नहुने मान्यता रहीआएको छ ।

सनातन धर्मका केही यस्ता मान्यता छन् कि, जुन केवल आध्यात्मिक रुपबाट र अन्य पक्षलाई पनि फाइदा पुगेको हुन्छ । शंख राख्ने, बजाउने र यसको जल उचित तरीकाले प्रयोग गर्दा धेरै फाइदा हुने गर्दछ । यसकारण पनि धार्मिक आयोजन, कथा, पुजा–पाठ, भजन–किर्तन आदिको समयमा शंख बजाउनुलाई अत्यन्तै शुभ मानिदैँ आएको छ नेपाली धार्मिक समाजमा। शंखबाट निक्लेको ध्वनिले वातावरणमा भएका नकरात्मक ऊर्जा र हानिकारक जीवाणू एवं विषाणुलाई नाश गर्छ । जसबाट स्वास्थ्यमा लाभ मिल्छ ।

वैदिक सस्कृतिमा शंखको महत्वपुर्ण स्थान छ । ब्रह्मपुराण अनुसार शंख चन्द्रमा र सूर्य समान देवस्वरुप हुन् । यसको मध्यमा वरुण, पृष्ठमा ब्रह्मा र अगाडीको भागमा गंगा र सरस्वतीको वास रहेको हुन्छ ।

शंखबाट शिवलिंग, कृष्ण वा लक्ष्मी विग्रहमा जल वा पंचामृत अभिषेक गरेमा देवता प्रसन्न हुन्छन् । कल्याणकारी शंखले दैनिक जीवनका दिनचर्या केही समय विश्राम लिएर मौन रुपमा देव अर्चनाको लागि प्रेरित गर्छन् ।

प्रभावशाली रत्नको रुपमा लिइन्छ शंखलाई । समुन्द्र मन्थनको समयमा निक्लेको चौदह रत्नमा एक रत्नमा शंख पनि थियो । धार्मिक तथा स्वास्थ्यको दृष्टिले शंख बहु उपयोगी मानिन्छ । शंख बजाउनाले कुम्भक, रेचक तथा प्राणायाम क्रिया एकसाथ हुन्छन् । यसले स्वास्थ्यलाई क्रियाशिल बनाइ राख्दछ । क्याल्सियम कार्बोनेटबाट बनेको कारण यदि शंखमा रातभर गंगा जल भरेर सेवन गर्दा शरीरमा क्लाल्सियम तत्वको कमी हुँदैन र सानो ठुला रोगबाट पनि बचाउँछ ।

हिन्दु धर्ममा पुजा स्थलमा शंख राख्ने परम्परा छ । शंखलाई सनातन धर्मको प्रतीक मानिन्छ । शंख निधिको प्रतीक हो । यसलाई पुजा स्थलमा राख्नाले अनिष्टको नाश हुने र सौभाग्यको बृद्धि हुने धार्मिक मान्यता रहीआएको छ । स्वर्गलोकमा अष्टसिद्धिया एवं नवनिधियामा शंखको महत्वपुर्ण स्थान रहेको छ ।

सुख–समृद्धिको लागि शंखलाई देवी महालक्ष्मीको स्वरुप मानिन्छ । यसैकारण धन लाभ र सुख–समृद्धिको लागि घरमा उत्तर–पुर्व दिशामा अर्थात पुजा कोठामा राखेर दिन दिनै शंखलाई धुप बालेर पुजा गर्नुपर्छ । त्यस्तै पितृ दोषको असर कम गर्न, इच्छित मनोकामना पुरा गर्न, गृह कलह शान्त गर्न पनि शंखलाई पुजा गर्ने गरिन्छ ।

नवग्रह शान्ति एवं प्रसन्नताको लागि पनि शंख उपयोगी रत्नको रुपमा लिने गरिन्छ । सुर्य ग्रहको प्रसन्नताको लागि सुर्योदयको समय शंखबाट सुर्यदेवमा जल अर्पित गर्नुपर्छ । मंगल ग्रहको लागि मंगलबारको दिन सुन्दरकान्डको पाठ गर्दै शंख बजाउनुपर्छ । शुक्र ग्रहको लागि शंखलाई सेतो कपडामा बेरेर पुजा कोठामा राख्नु पर्छ । यसरी राख्दा धन–धान्य एवं आर्थिक समृद्धि बढ्ने धार्मिक मान्यता रहीआएको छ । धार्मिक ग्रन्थको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत