खेल

नेपालकाे विजयी शुरूवातमा दर्शकले शंख फुकेर मनाए खुशियाली (फाेटाेफिचर)

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

खेल हेर्न पुगेका दर्शकले नेपालकाे विजयलाई राष्ट्रिय झण्डा फहराउँदै शंख फुकेर खुशियाली साटेका छन् ।

मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । 

नेपालका लागि कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय ईनिङ खेले । मल्लले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७० रन बनाए । भिमले ९७ बलमा ५ चौका सहयोगमा ७१ रन बनाए । भिम र मल्लले चौथो विकेटका लागि १ सय १२ रनको सानदार साझेदारी गरे । कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३८ रन बनाए । 

मलेसियाका लागि विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे। विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए ।

दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे । ३३ दशमलब २ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए । अहमद फैजको विकेटसँगै उक्त साझेदारी तोडिएको थियो । विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा  साजरुल इद्रासले अविजित १५ रन बनाए । 

यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए ।
 
१० राष्ट्र सहभागी यस प्रतियोगिताको समूह ए मा रहेको नेपाल २ अंक सहित शीर्ष स्थानमा रहेको छ । 

नेपालको अर्को खेल वैशाख आठ गते ओमानविरुद्ध रहेको छ ।

तस्बिर-क्यान 

गाउँ सहर संवाददाता

तपाईँको मत