दिगोविकास

अनेरास्ववियूकाे बिराेध कार्यक्रम : प्रतिगमनलाई जुत्ता हान्नेदेखि शंख फुकेर बालुवाटार घेर्नेसम्म

  • ७ फाल्गुण शुक्रबार, २०७७ | १२:०८:०० मा प्रकाशित

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत तामाङ समूहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिगमनलाई जुत्ता हान्ने, त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने, सभामुख अग्नि सापकोटालाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने, प्रतिगमनविरुद्ध मार्चपास गर्ने कार्यक्रम अनेरास्ववियूले सार्वजनिक गरेको छ ।

तपाईँको मत