प्रतिनिधि सभा

सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले भने- प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक

काठमाडौँ । सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु क्रमशः मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका हुन् ।

उनीहरुले संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको वक्तव्यमा भनेका छन् ।

‘आकर्षित नहुने धारा ग्रहण गरी प्रनिनिधिसभा विघटन गरिएको पाइन्छ ।’ उनीहरुले भनेका छन् ।

यस्तो छ विज्ञप्ति

गाउँ सहर संवाददाता

तपाईँको मत