मेयर बालेनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने - काठमाडाैँकाे सुकुम्बासी समस्या समाधान गर्न तपाईंले सक्नुभएन
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर मंगलबार, २०७९ | २१:२१:०० मा प्रकाशित

काठमाडाैँ । काठमाडाैँका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुकुम्बासी समस्या समाधान गर्न नसकेकाे भन्दै उनीहरूलाई भाेट बैंककाे रूपमा प्रयाेग गरेकाे बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्ताे बताएका हुन् ।
उनले भनेका छन्ः
सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीज्यू,
अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ । तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्बासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले बिरोध गर्नु असामान्य होइन ।
तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै दिउँसै टर्च बालेर शिक्षकहरूले गरे प्रदर्शन
- कवाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
- आज जनआन्दोलन दिवस मनाइँदै
- नेप्से परिसूचक ३२.४५ अंकले घट्याे
- संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसदमा संविधान मान्दिनँ भन्नु ?
- रवि लामिछानेलाई भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै
- प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
- शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा
- जाँदाजाँदै गभर्नर अधिकारीले के दिए आउने गभर्नरलाई सुझाव ?
- राम नवमीमा राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडिओ सहित)
प्रतिकृया दिनुहोस