प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकका कानुन व्यवसायीको बहस सकियो, भाेलीबाट विपक्षीले बहस गर्ने
- गाउँ सहर संवाददाता
- १३ असार आइतबार, २०७८ | १६:१२:०० मा प्रकाशित

काठमाडाैं । प्रतिनिधि सभा विघटन मुद्दामा मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । आइतबार (आज) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस सकिएको हाे ।
संवैधानिक इजलासमा निरन्तर सुनुवाइ उक्त मुद्दामा बहस गर्न देउवा पक्षका वकिललाई १२ घन्टा बहस गर्ने समय दिइएको थियो ।
उनीहरूले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै उनीमाथि खनिएका थिए।
देउवाका वकिलले थप तीन घन्टा जवाफी बहस गर्न पाउने छन् । सोमबारदेखि सरकार पक्षका वकिलको बहस सुरू हुनेछ । सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन् ।
आज अधिवक्ता भीमार्जुन आचार्यले संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्थन गर्ने सांसदलाई दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही हुन नसक्ने जिकिर गरेका थिए ।
उनले संविधानको धारा ७६ को उपधारा ५ ले सांसदहरुका लागि विशेष व्यवस्था गरेको तर्क गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले दाबी गरेजस्तो नभएको बताए ।
संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गर्दा राजनीतिक दल त्यागसम्बन्धी ऐन आकर्षित नहुने आचार्यले तर्क गरे ।
साथै उनले सर्वोच्च अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दिएमा देशको संविधान समाप्त हुने जिकिर गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस