प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकका कानुन व्यवसायीको बहस सकियो, भाेलीबाट विपक्षीले बहस गर्ने
- गाउँ सहर संवाददाता
- १३ असार आइतबार, २०७८ | १६:१२:०० मा प्रकाशित
काठमाडाैं । प्रतिनिधि सभा विघटन मुद्दामा मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । आइतबार (आज) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस सकिएको हाे ।
संवैधानिक इजलासमा निरन्तर सुनुवाइ उक्त मुद्दामा बहस गर्न देउवा पक्षका वकिललाई १२ घन्टा बहस गर्ने समय दिइएको थियो ।
उनीहरूले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै उनीमाथि खनिएका थिए।
देउवाका वकिलले थप तीन घन्टा जवाफी बहस गर्न पाउने छन् । सोमबारदेखि सरकार पक्षका वकिलको बहस सुरू हुनेछ । सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन् ।
आज अधिवक्ता भीमार्जुन आचार्यले संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्थन गर्ने सांसदलाई दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही हुन नसक्ने जिकिर गरेका थिए ।
उनले संविधानको धारा ७६ को उपधारा ५ ले सांसदहरुका लागि विशेष व्यवस्था गरेको तर्क गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले दाबी गरेजस्तो नभएको बताए ।
संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गर्दा राजनीतिक दल त्यागसम्बन्धी ऐन आकर्षित नहुने आचार्यले तर्क गरे ।
साथै उनले सर्वोच्च अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दिएमा देशको संविधान समाप्त हुने जिकिर गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस