प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको ३२ घण्टे बहस सकिएपछि असार २८ गते फैसला हुन सक्ने
- गाउँ सहर संवाददाता
- २१ असार सोमबार, २०७८ | १९:३६:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको बहस आज सकिएको छ ।
रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको राय पनि सकिएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यो मुद्दाको पेसी २८ गतेलाई तोकेकाले फैसला २८ गते नै आउन सक्ने सम्भावना छ ।
आज सबै पक्षको सुनुवाइ सम्पन्न भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दा हेर्दैमा राख्ने र अर्काे सुनुवाइ असार २८ गते गरिने बताए । यसअघिकाे विघटनकाे मुद्दामा बहस सकिएपछि साे मुद्दालाइ हेर्दा हेर्दैमा राखिएकाे र त्यसपछिकाे पेशीमा फैसला आएकाे थियाे ।
आज रिट निवेदक पक्षका वकिलले बहस र एमिकस क्युरीका सदस्यले राय दिएका छन् । एमिकस क्युरीका सदस्यको राय बाझिएको छ । केहीले संसद् पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सुझाव दिएका छन् भने केहीले चुनावमै जान सुझाव दिएका छन् ।
सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदहरुको तर्फबाट जबाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिए । निवेदक तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिएका थिए ।
जवाफी बहसपछि एमिकस क्युरीले स्वतन्त्र राय दिएका छन्। एमिकस क्यूरीबाट बरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका छन् ।
असार ९ गतेदेखि निरन्तर चलेको बहसमा रिट निवेदकका ३६ कानुन व्यवसायीले सुरुवाती बहस गरेका थिए ।
विपक्षी राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोगको तर्फबाट महान्यायाधिवक्तासहित ११ सरकारी वकिलले बहस गरेका थिए ।
प्रधानमन्त्री ओलीका तर्फबाट २१ जना निजी कानून व्यवसायीले बहस गरेका थिए भने विपक्षी सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट ५ कानुन व्यवसायीले बहस गरेका थिए ।
उक्त मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासले ३२ घण्टा समय तोकेको थियो। जसमा रिट निवेदकलाई १५ र विपक्षीलाई १५ घण्टा समय दिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस