समाज

गैँडाको खागसहित एक जना पक्राउ

धनगढी । गैँडाको खागसहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कैलाली बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ का ५८ वर्षिय नैनबहादुर कठरिया रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको रिक्सामा राखिएको खाग र उनलाई संघीय प्रहरी इकाइ कार्यालय धनगढीको समूहले पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडले समेत संघीय प्रहरी कार्यालयको समूहलाई सहयोग गरेको बताएको छ ।

प्रहरी वरिष्ठ उपरिक्षक नलप्रसाद उपाध्यायका अनुसार सिविलमा गएको समूहले सुखडबाट ४ किलोमिटर पूर्व छतिवन सामुदायिक वन क्षेत्रमा गैँडाको खाँगसहित एक जनालाइ नियनत्रणमा लिएको जनाएकाे छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत