प्रेरणा

विदेशमा विद्या, घरमा जीवन साथी, विरामीको लागि औषधि मित्र हुन्छ; मृतक मानिसको मित्र धर्म हुन्छ

काठमाडौँ । आचार्य चाणक्यका अनुसार कुनै व्यक्ति बुद्धिहीन छ भने उसको सुन्दरता र ठूलो परिवारको कुनै महत्व रहँदैन । जबकि यदि कुनै व्यक्ति देख्नमा सामान्य छ, तर बुद्धिमान छ भने उसलाई परिवार र सामजबाट मान सम्मान मिल्ने गर्दछ । सुन्दरभन्दा बुद्धिको महत्व हुन्छ ।

चाणक्यबाट केहि सिकौँ:

"लोभीलाई धनले, अहँकारीलाई हात जोडेर, मूर्खलाई उ अनुसारको काम गरेर र विद्वानलाई सत्यले वशमा पार्न सकिन्छ ।"

"समुन्द्रको लागि वर्षा व्यर्थ छ, भोजनबाट तृप्त व्यक्तिको लागि खान व्यर्थ हुन्छ, दिनमा बत्ती बाल्नु व्यर्थ छ र धनीलाई दान दिनुको कुनै महत्व हुँदैन ।"

"आलस्यबाट विद्या नष्ट हुने गर्दछ । हाम्रो धन अर्काको आतमा गएमा हाम्रोलागि त्यसको महत्व समाप्त हुन्छ । सेनापतिबिना सेना नष्ट हुने गर्दछ ।"

"घिसार्नु, काट्नु, तडपाउनु र पिट्नु यी चार तरिकाबाट सुनको परीक्षा हुन्छ । ठिक त्यसरी नै गुण र आचरणबाट मानिसको परीक्षा हुन्छ ।"

"विदेशमा विद्या, घरमा जीवन साथी, विरामीको लागि औषधि मित्र हुन्छ, मृतक मानिसको मित्र धर्म हुन्छ ।"

गाउँ सहर डेस्क

तपाईँको मत