प्रेरणा

विजया दशमी : रावणबाटपनि सिक्न सकिन्छ जिउने कला, सम्बन्ध जोगाउनेदेखि व्यक्तिगत जीवनसम्म

काठमाडाैँ । आज विजया दशमी । रामले रावणलाई मारेर पृथ्वीलाई उसको अत्याचारबाट मुक्त गराए । रावण अधर्मको प्रतीक, पापी तर ज्ञानी पनि थिए । जसरी हामीले भगवान रामको जीवनका घटनाहरूबाट हामीले आफ्नो जीवनमा के गर्नुपर्छ भन्ने सिकाउँछौं, त्यसैगरी रावणको जीवनले हामीलाई के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा सिकाउँछ ।

त्यसोभए आजकाे दिन रावणको जीवनका ५ कथाहरूबाट सिक्नुहोस् कि हामीले के गर्नु हुँदैनः-

  • मनकाे शान्ति नै सबैभन्दा ठूलाे सुख हाे ।
  • बिनाकसैकाे शक्तिकाे अनुमान नगरि चुनाैति नदिनुहाेस् ।
  • यदि सहि सल्लाह प्राप्त हुन्छ भने त्याे स्वीकार्नुहाेस् ।
  • सम्बन्धकाे अधिकारबाट हाेइन समर्पणबाट चल्छ जीवन ।
  • तपाईं दुनियाँसँग जस्ताे गर्नुहुन्छ उसले त्यस्तै गर्छ ।

राम शब्दकाे अर्थ

राम शब्द जति सानो हुन्छ, उति ठूलो अर्थ हुन्छ । शास्त्रमा भनिएको छ "रमन्ति इति रामः ।" जसले सर्वत्र रमाएको अर्थात् सर्वत्र व्याप्त छ, त्यो राम हो । संस्कृत शब्दकोषले राम शब्दको दुइटा अर्थ भएको बताउँछ, एउटा ‘रमते’ अर्थात् जो रमणीय, सुन्दर वा देखिने छ, त्यो राम हो । दोश्रो, जो "मनोज्ञ" हो अर्थात् मनलाई जान्ने, उहाँ राम हुनुहुन्छ । सुख र सुख दिनेवाला राम हुनुहुन्छ भन्ने विद्वानहरुको विश्वास छ ।

रावण शब्दको अर्थ

रावण शब्द रोदनबाट आएको हो । रावण भनेको अरुलाई रुवाउने हो । भनिन्छ, रावणको जन्म हुँदा यति ठूलो स्वरले रोएको थियो कि उनको रोएको भारी आवाजले सम्पूर्ण सृष्टिका प्राणी रुन थाले । त्यसैले उनको नाम रावण भयो अर्थात् अरुलाई रुवाउने ।

त्यसैले राम नै सुख दिने र हामीलाई रुवाउने रावण हो । तर, दुवैको जीवनले हामीलाई धेरै कुरा सिकाउँछ । हामी रामजस्तै सुखदाता बन्न चाहन्छौं कि रावण जस्तै रुवाउने, त्यो हामीमा भर पर्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत