विदुर नगरपालिकामा हुँदै आएको खानेपानीको व्यवस्थापन दक्षिण एशियाकै उदाहरणीय
- गाउँ सहर संवाददाता
- १४ पौष मंगलबार, २०७७ | १५:२५:०० मा प्रकाशित

विदुर । विदुर नगरपालिकामा हुँदै आएको खानेपानीको व्यवस्थापन दक्षिण एशियाकै उदाहरणीय रहेको एक अध्ययनले देखाएको छ ।
साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड् स्टडिज ‘सियास’ले गरेको अध्ययनमा बढ्दो खानेपानीको समस्यामा समेत विदुर नगरपालिकामा सहज व्यवस्थापन भइरहेको देखाएको हाे ।
अध्ययननुसार, ठूला खानेपानीको आयोजनासँगै स–साना खानेपानी उपभोक्ता समिति मार्फत् हुँदै आएको पानी व्यवस्थापनले प्रकोप र बिपद्को समयमा पनि पानीको व्यवस्थापनमा सहजता भएको देखिएको हाे ।
सन् २०१४ देखि अध्ययन सुरु भएको विदुर नगरपालिकामा भारत र नेपालकै ठूला शहरको तुलनामा सहज व्यवस्थापन भइरहेको अध्ययनले देखाएको छ । हाल भइरहेका पानीको स्राेतको दिगोपना र व्यवस्थापनमा भने स्थानीय तहले काम गर्नुपर्ने बताईएको छ ।
अनुसन्धानर्ताहरू क्रमशः हेमन्तराज ओझा, काैस्तुभराज न्याैपाने, दिल खत्री, कमल देवकोटा, ङमिन्द्र दहाल, टिकेश्वरी जोशी र इस्टर क्राज्नाइ कोभाक्स रहेका छन् ।
साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड् स्टडिज (सियास) ले नेपालका धरान, धुलिखेल, विदुर र भारतका हल्द्वानी र मसुरी सहरमा सन् २०१४ देखि यी सहरहरुको खानेपानी व्यवस्थापनका विभिन्न पक्षहरुलाई समेटेर एक अध्ययन गरेको थियो । विदुरमा बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्ने मुख्य प्रणाली बाहेक ३१ वटा स–साना खानेपानी उपभोक्ता समूहहरु रहेको अध्ययनले देखाएको छ ।
अध्ययनकाे पूर्ण पाठ
नीति सन्देश, दक्षिण एसियामा पानी र विकास हेर्नुहाेस्

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा भव्य क्यालेन्डर प्रदर्शनी : आन्तरिक पर्यटन प्रवर्द्धनको नयाँ आयाम
- मुस्लिम धर्मावलम्वीहरूले आज इद उल फित्र मनाए
- रास्वपा पार्टी नेतृत्वमा लामिछानेकाे पुनरागमन, ३ बजे पार्टीको केन्द्रीय समिति बैठक
- एमालेले आज देशभरका सदरमुकाम र प्रमुख सहरमा गणतन्त्रका पक्षमा जागरण सभा र मोटरसाइकल र्याली गर्ने
- रविन्द्र र धवलशमशेरसहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति
- चैत्र १५ गतेकाे गम्भीर घटना, नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छ कि पर्दैन ! कस्तो राजा खोजेको ?
- उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहताको संघर्ष, समर्पण र सफलताको यात्रा
- पाथीभरामा केबलकारको काम रोक्नू सर्वोच्चको आदेश
- राप्रपाद्वारा शुक्रबारकाे घटनामा सरकारले दमन गरेको आरोप, मृतकलाई शहीद घोषणा गर्न माग
- हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ - कांग्रेस
प्रतिकृया दिनुहोस