राजनीति
हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ - कांग्रेस
- गाउँ सहर संवाददाता
- १६ चैत शनिबार, २०८१ | २०:५१:०० मा प्रकाशित

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने ठहर गरेको छ ।
शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले पूर्वराजाकै निर्देशनमा तीनकुनेमा प्रदर्शन भएको र अराजकता फैलाइएको निष्कर्ष निकालेको छ ।
राजावादीहरूको पूर्वयोजनाअनुरूप निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको निष्कर्ष निकालिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाबारे ब्रिफिङ गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा तीनकुनेमा अराजकता फेलाउनेहरू भेला भएको कांग्रेसको आरोप छ । तोडफोड र आगजनीमा संलग्नलाई कानूनी कारबाही गर्न कांग्रेसले माग गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस