थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडकमा भ्वाङ
- गाउँ सहर संवाददाता
- २० फाल्गुण मंगलबार, २०८१ | ०७:५०:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ। पाइप फुटेपछि आएको बाढीले सडकमासमेत ठूलो खाडल परेको छ।
बाढीले सढकमा खाडल बन्दा थापाथली चोकबाट परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालतर्फ जाने सडक अवरुद्ध भएको छ।
मंगलबार बिहान पाइप फुटेपछि थापाथली चोकबाट प्रसुती अस्पतालफर्त ठूलो बाढी बगेको थियो। अहिले भने त्यहाँ पानी बग्न रोकिएको छ। सडकमा ठूलो खाडल बनेको कारण यातायात भने सञ्चालनमा आउन सकेकाे छैन।
त्यहाँ अहिले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र ट्राफिक प्रहरी परिचालन भएका छन्।
गएको असोज ३० गते काठमाडौँको बबरमहलमा पनि मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न बनेको थियो।
पाइप फुट्नुको कारण भने खुलिसकेको छैन ।
बबरमहल क्षेत्रको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको भूमिगत तार बिछ्याउने क्रममा मेलम्चीको ठूलो पाइपमा क्षति पुगेको थियो । अर्को दिन नै पाइप मर्मत गरिएको थियो । तस्विर- अनलाइनखबर

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस