नेपालमा भव्य क्यालेन्डर प्रदर्शनी : आन्तरिक पर्यटन प्रवर्द्धनको नयाँ आयाम
- गाउँ सहर संवाददाता
- १८ चैत सोमबार, २०८१ | १०:०३:०० मा प्रकाशित

भक्तपुर। नेपालमा क्यालेन्डर प्रदर्शनी आयोजना गरिँदैछ, जसले देशभरका लाखौं नागरिकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। नेपालमा २०८१ सालमा मात्र २ करोड ९० हजार थान क्यालेन्डर निःशुल्क वितरण गरिएको थियो, भने २०८२ मा यो संख्या ३ करोड नाघ्ने अनुमान गरिएको छ।
यसै सन्दर्भमा, भक्तपुर दरवार, सिद्धपोखरी र योसिखेलमा विशेष प्रदर्शनीको आयोजना गर्न लागिएको छ, जहाँ देशभरका बैंक, सहकारी संस्था, विद्यालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक संगठन लगायतका विभिन्न संघसंस्थाहरूले आफ्ना आकर्षक क्यालेन्डरहरू प्रदर्शन गर्नेछन्।
क्यालेन्डर मात्र नभई, यस प्रदर्शनीले नेपालका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। प्रत्येक क्यालेन्डरमा समेटिएका सूचनाहरू नेपालभित्रको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण सावित हुने आयोजकहरूको विश्वास छ।
बिस्का जात्रा हेर्न वैशाख १ गते मात्र भक्तपुरमा दुई लाखभन्दा बढी आगन्तुकहरू भित्रिने भएकाले, आयोजकहरूले क्यालेन्डर प्रकाशकहरूलाई यही अवसरमा आफ्ना क्यालेन्डर प्रदर्शन गर्न विशेष अपिल गरेका छन्।
नेपालमा क्यालेन्डर केवल मितिहरू हेर्ने साधन मात्र नभई, हाम्रो संस्कृति, परम्परा, र पहिचानको अभिन्न हिस्सा बनिसकेको छ। यो प्रदर्शनीले देशभरका नागरिकहरूलाई एकैसाथ सूचनामूलक, सौन्दर्यपरक, र ऐतिहासिक महत्त्व बोकेका क्यालेन्डरहरूको अवलोकन गर्ने अवसर प्रदान गर्नेछ।
क्यालेन्डर प्रदर्शनमा सहभागी हुन चाहने प्रकाशकहरूले समयमै स्थान सुरक्षित गर्न आयोजक सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
- कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा रेविका खत्रीको न्यायका लागि प्रदर्शन
- नेप्सेमा चापागाईं, यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
- बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन गर्दै शिक्षक महासंघ
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा
- त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जाेशी निर्वाचित
- दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण
- डिजेल र मट्टीतेलको मूल्य घट्याे, अब कति ?
- मुस्लिम धर्मावलम्वीहरूले आज इद उल फित्र मनाए
- रास्वपा पार्टी नेतृत्वमा लामिछानेकाे पुनरागमन, ३ बजे पार्टीको केन्द्रीय समिति बैठक
प्रतिकृया दिनुहोस