रास्वपा पार्टी नेतृत्वमा लामिछानेकाे पुनरागमन, ३ बजे पार्टीको केन्द्रीय समिति बैठक
- गाउँ सहर संवाददाता
- १८ चैत सोमबार, २०८१ | ०९:४३:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच महिनापछि पुनः सक्रिय राजनीतिक भूमिकामा फर्कँदै छन् । सोमबारदेखि उनले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् । लामिछाने गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा पक्राउ परेपछि पार्टी नेतृत्वबाट अलग रहेका थिए ।
उनको अनुपस्थितिमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) कार्यवाहक सभापतिको भूमिकामा रहेका थिए । अदालतको फैसलापछि लामिछाने धरौटीमा रिहा भए तापनि मुद्दा अझै विचाराधीन अवस्थामा रहेको छ । सोमबार अपराह्न ३ बजे पार्टीको केन्द्रीय समिति बैठक पार्टी मुख्यालय चावहिलमा बोलाइएको छ, जहाँ लामिछाने औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
सोमबारको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ । यस बैठकमा उनले आफ्नो पद हस्तान्तरण गर्दै धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि लामिछानेको अध्यक्षतामा दोस्रो बैठक हुनेछ, जसमा पार्टी र संसद्का गतिविधिहरूबारे समीक्षा गरिनुका साथै केन्द्रीय सदस्यहरूले संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
- कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा रेविका खत्रीको न्यायका लागि प्रदर्शन
- नेप्सेमा चापागाईं, यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
- बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन गर्दै शिक्षक महासंघ
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा
- त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जाेशी निर्वाचित
- दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण
- डिजेल र मट्टीतेलको मूल्य घट्याे, अब कति ?
- नेपालमा भव्य क्यालेन्डर प्रदर्शनी : आन्तरिक पर्यटन प्रवर्द्धनको नयाँ आयाम
- मुस्लिम धर्मावलम्वीहरूले आज इद उल फित्र मनाए
प्रतिकृया दिनुहोस