चैत्र १५ गतेकाे गम्भीर घटना, नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छ कि पर्दैन ! कस्तो राजा खोजेको ?
- गाउँ सहर संवाददाता
- १७ चैत आइतबार, २०८१ | १९:४२:०० मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन् ।
आइतबार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राज्यले पूर्वराजालाई संविधानले व्यवस्था गरेको भन्दा बढी सुविधा दिएर राखेकोप्रति पूर्वराजाले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने जिकिर गरे ।
उनले आपराधिक घटनामा मान्छे मारिदा एउटा विज्ञप्ति पनि ननिकालेको भन्दै पूर्वराजाप्रति रोष प्रकट गरे । उनले राज्यले दिएको सीमालाई नबुझ्ने पूर्वराजालाई पुनः राजा बनाएर केही नागरिकले कस्तो किसिमको राजा खोजेको भन्दै प्रश्न गरे ।
उनले भने ‘संसदमा आज हुदैँ गर्दाखेरि सिङ्गो संसद गणतन्त्रको पक्षमा र यो संविधानमा भएको जति एकातर्फ र गणतन्त्रको विपक्षमा छन् वा निर्मल निवासको पक्षमा कोही छन् भने अर्कोतर्फ देखिनुपर्ने अवस्था बन्नुपर्थ्यो । चैत्र १५ गते गम्भीर घटना भएको छ । यो घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छ कि पर्दैन ? मान्छे मारिएको घटनामा बोल्नु पर्छ कि पर्दैन ? कस्तो राक्षशीता खोजेको हो ? पत्रकार मारिँदै गर्दा दुःख लाग्यो भन्ने विज्ञप्तिसम्म कुनै पत्रिकाले छाप्ने गरी पठाउनु पर्छ कि पर्दैन । व्यक्तिको सम्पत्ति लुटिँदै गर्दा पूर्वराजालाई दुःख लाग्नु पर्छ कि पर्दैन ? कतिपय नागरिकले कस्तो राजा खोजेको ? यो घटनामा समग्र रुपमा पूर्वराजा दोषी छन् । पूर्वराजालाई संविधानले प्रदत्त गरेको एउटा नागरिकको हक भन्दा बढी राज्यले दिएर राखेको अवस्था छ । संविधानले नदिएको सुविधा पूर्वराजालाई दिइएको छ त्यो कुरा पूर्वराजाले गम्भीरतापूर्वक सोच्नु पर्दैन ?’
महामन्त्री शर्माले प्रधानमन्त्रीले संसदमा जवाफ दिन तयार भएपनि प्रतिपक्षीहरूले संसद अवरुद्ध गर्नु दुःखद् भएको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस