गाउँ सहर

पठाओका चालक पुन : आन्दोलित

काठमाडौँ । पठाओका चालक पुन : आन्दोलनमा उत्रिएका छन् । अघिल्लो सातादेखि आन्दोलनरत पठाओका चालकले आफ्ना मागहरु पूरा नभएको भन्दै पठाओको कार्यालय घेराउ तथा तोडफोड समेत गरेका छन्।

बानेश्वर स्थित पठाओको कार्यालय परिसरमा एक हप्तासम्म पनि सबै माग सम्बोधन नहुँदा आन्दोलनमा उत्रिन बाध्य भएको पठाओ राइडरको गुनासो रहेको छ । प्रर्दशनकै क्रममा ढुङगा हानाहान तथा तोडफोड समेत भएपछि प्रहरी परिचालन गरिएको थियो। पठाओ कार्यालयमा तोडफोड गर्ने केही राइडरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

विभिन्न १३ बुँदे माग राखी पठाओका राइडरहरु गत पुस ६ गते सोमबारदेखि आन्दोलनरत छन । पठाओ राइडर र पेसेन्जर दुबैको इन्स्योरेन्स हुनुपर्ने, कमिशन रेट कम गर्नुपर्ने ,राइडर सस्पेन्डमा पर्नु अघि पूर्व जानकारी हुनुपर्ने जस्ता माग राख्दै आन्दोलनमा उत्रिएका हुन ।

त्यस्तै पेसेन्जरलाई मात्र नभई राइडर संगको कुरा सुन्नुपर्ने, डियु पेमेन्ट ५०० बाट १०० बनाउनुपर्ने, कस्टमर कियर नम्बर टोल फ्रि हुनुपर्ने लगायतका माग राखेका छन् । आफुले राखेको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

कम्पनीले आफूखुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको भन्दै पठाओ राइडरहरूले सोमबार कार्यालय तोडफोड गरेका हुन् ।

आन्दोलनरत राइडरहरूले गत सोमबार पठाओ कम्पनीमा १३ बुँदे मागपत्र पेस गरेका थिए। पठाओले भने कम्पनीको नीति, नियम र अनुशासनमा नबसी कम्पनीको बदनाम गर्न खोज्ने केही राइडरलाई निष्काशन गरेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत