राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको तयारीलाई तीव्रता दियाे
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण शुक्रबार, २०८० | ०९:३२:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको तयारीलाई तीव्रता दिएको छ । फागुन ९ मा आफ्नो मागबारे ज्ञापनपत्र बुझाउन लागेको राप्रपा त्यसपछिका आन्दोलनका लागि वैठक, रणनीतिक र व्यवस्थापकीय तयारीमा जुटेको हो ।
महामन्त्री तथा आन्दोलन परिचालन समितिका अध्यक्ष धवलशम्सेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बिहीबार बसेको आन्दोलन परिचालन समितिको वैठकले महामन्त्री कुन्ती शाहीलाई परिचालन समितिको सदस्य सचिवको जिम्मेवारी दिएको छ ।यसैगरी सदस्यमा जनकराज पाठकलगायत रहेका छन् ।
वैठकले विभिन्न समितिहरु समेत गठन गरेको छ । जसअनुसार वैठकले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन अनुगमन समिति, निर्देशन समिति सदस्य जयन्त चन्दको संयोजकत्वमा वुद्धिजीवी समन्वय समिति, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा सुभेच्छुक संघसंस्था र संगठन समन्वय समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जनवर्गीय संगठन परिचालन समिति, बागमती प्रदेश प्रमुखको संयोजकत्वमा उपत्यका परिचालन समिति, प्रवक्ता गोपाल दाहालको संयोजकत्वमा सम्पर्क समाज परिचालन समिति, सहमहामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा सामाजिक सञ्जाल समिति, केन्द्रीय सदस्य राजाराम श्रेष्ठको संयोजकत्वमा गुठी समन्वय समिति, केन्द्रीय सदस्य आनन्द अधिकारीको संयोजकत्वमा प्रवास समन्वय समिति लगायतका विभिन्न समितिहरु गठन गरेको नेता जनकराज पाठकले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
- आज प्रतिनिधिसभाको बैठक बस्दै
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
प्रतिकृया दिनुहोस