राजनीति

राप्रपाले देशैभरी आन्दोलन प्रशिक्षणको निमित्त प्रशिक्षकहरू खटायाे

काठमाडाैँ । राप्रपा आन्दोलन परिचालन समितिले देशैभरी आन्दोलन प्रशिक्षणको निमित्त प्रशिक्षकहरू खटाएको छ । आन्दोलन परिचालन समितिले फागुन ९ गते केन्द्रीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रम गरेको थियो ।

उसले राजसंस्था, हिन्दुराज्य स्थापना, संघीयता खारेजी लगायतका विषयहरु समेटेर ४० बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको थियो । चैत १६ गते करिव १ लाख मान्छे काठमाडौं उतार्ने र अवस्था बदल्न व्यवस्था बदलौँ भन्दै आफ्ना मागहरु पूरा नहुन्जेल सम्म संघर्ष गर्ने उसले बताएको छ ।

प्रशिक्षकहरू र क्षेत्रः

राप्रपाले पहिलो चरण अन्तरगत घोषणा गरेको कार्यक्रमहरुः

१) जिल्लामा केन्द्रीय प्रशिक्षक हरूद्वारा १ दिने अनुशिक्षण कार्यशाला गोष्ठी फागुन २३ गते ।

२) क्षेत्र, प्रदेश, पालिका, वडा तहसम्म १ दिने आन्दोलन सम्बन्धी अनुशिक्षण कार्यशाला गोष्ठी फागुन २८ सम्म ।

३) चैत १ देखि ४ सम्म जिल्लामा व्यापक रुपमा कोणसभा हरु गर्ने । ज्ञापनपत्र बारे जानकारी गराउने ।

४) २०८० चैत ७ गते जिल्ला स्तरिय विरोध सभा गर्ने ।

५) २०८० चैत १० गते महानगर, उपमहानगरपालिकामा मोटरसाइकल र्याली गर्ने । अन्य जिल्लाहरुमा मसाल जुलुस ।

६) २०८० चैत १४ गते पूर्व सुरक्षाकर्मीहरुद्वारा नेपाली झण्डासहित मार्चपास राष्ट्रिय झण्डामा ।

७) जिल्लाबाट चैत १५ भित्र काठमाडौं प्रवेश गरिसक्ने ।

८) चैत १५ गते साँझ काठमाडौंमा विभिन्न ठाउँबाट मसाल जुलुस ।

९) २०८० चैत १६ गते काठमाडौंमा जनप्रदर्शन लगायतका कार्यक्रम रहेको महामन्त्री एवं आन्दोलन परिचालन समितिका सदस्य सचिव कुन्ति कुमारी शाहीले जानकारी दिएकी छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत