समाज

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

काठमाडौँ । प्रहरी हत्याकाण्डका मुख्य योजनाकार  पक्राउ परेका छन् । धनगढी प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा  धनगढी उपमहानगरपालिका १० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी रानालाई सार्वजनिक गरेको हो । 

उनलाई आइतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले जानकारी दिएका छन् ।

यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । फरार मुख्य अभियुक्त राना पक्राउसँगै आजै अदालतमा पेस गरिने राणाले जानकारी दिए।

राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।उनी स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए। त्यहीँ मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वको टोलीले निजकै घरबाट हतियार लगेर प्रहरी असई र जवानको हत्या गरेको प्रहरी निष्कर्ष छ।

प्रहरी हत्यामा संलग्न रहेको आरोपमा धनगढी उप–महानगरपालिका १० का पर्कु भन्ने ३१ वर्षिय रोहित राना, २० वर्षिय राजेन्द्र राना, ३० वर्षिय चोर भनिने सुरेश राना, २५ वर्षिय गब्बर भनिने राजकुमार राना, २२ वर्षिय रामनिवास राना, २९ वर्षिय टल्लु भनिने दलराम राना र २५ वर्षिय राम गोपाल रानालाई कात्तिक ४ गते प्रहरीले सार्वजनिक गरेका थियो।

घटनामा संलग्न रोहित रानालाई पनि प्रहरीले पक्राउ गरेको थियो । यस्तै मटर तस्कर गर्न लगाउने व्यापारी राजीव गुप्ता पक्राउ परे पनि एक लाख धरौटीमा तारेखमा छुटेका थिए ।

कात्तिक १ गते शनिबार राति धनगढी–१२ जुगेडामा  तस्करहरुले प्रहरीको हत्या गरेका थिए। त्यस रात ८ बजे सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा असई विक र जवान साउद नियमित गस्तीमा थिए। गस्तीमा रहेको प्रहरीले वडा नम्बर १० स्थित मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेको समूहलाई रोक्ने प्रयास गरेका थिए। त्यसैबेला योजनाबद्ध रूपमा तस्करहरूले धारिलो हतियारले प्रहार गरि दुवै प्रहरीको हत्या गरेका थिए।

हत्यापछि घिसार्दै तस्करहरूले प्रहरीको शव नेपाल–भारत सीमाको मोहना नदीमा लगेर अपराध लुकाउने प्रयास गरेका थिए। त्यसको भोलिपल्ट सम्पर्कमा नआएका प्रहरी कर्मचारीको खोजी गर्दै जाँदा आइतबार बिहान ९ बजेर ७ मिनेटमा असई विकको शव हत्या गरी फालिएको अवस्थामा मोहना नदीभित्र फेला परेको थियो । त्यसको भोलिपल्ट मंगलबार बिहान १०:१५ बजे जवान साउदको शव मोहना नदीभित्र फेला परेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पक्राउ पर्नेमा  धनगढी उपमहानगरपालिका १० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी रानालाई सार्वजनिक गरेको हो। 

उनलाई आइतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले जानकारी दिएका छन् ।

यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । फरार मुख्य अभियुक्त राना पक्राउसँगै आजै अदालतमा पेस गरिने राणाले जानकारी दिए।

राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

राना स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए। त्यहीँ मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वको टोलीले निजकै घरबाट हतियार लगेर प्रहरी असई र जवानको हत्या गरेको प्रहरी निष्कर्ष छ।

प्रहरी हत्यामा संलग्न रहेको आरोपमा धनगढी उप–महानगरपालिका १० का पर्कु भन्ने ३१ वर्षिय रोहित राना, २० वर्षिय राजेन्द्र राना, ३० वर्षिय चोर भनिने सुरेश राना, २५ वर्षिय गब्बर भनिने राजकुमार राना, २२ वर्षिय रामनिवास राना, २९ वर्षिय टल्लु भनिने दलराम राना र २५ वर्षिय राम गोपाल रानालाई कात्तिक ४ गते प्रहरीले सार्वजनिक गरेका थियो।

घटनामा संलग्न रोहित रानालाई पनि प्रहरीले पक्राउ गरेको थियो । यस्तै मटर तस्कर गर्न लगाउने व्यापारी राजीव गुप्ता पक्राउ परे पनि एक लाख धरौटीमा तारेखमा छुटेका थिए ।

कात्तिक १ गते शनिबार राति धनगढी–१२ जुगेडामा  तस्करहरुले प्रहरीको हत्या गरेका थिए। त्यस रात ८ बजे सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा असई विक र जवान साउद नियमित गस्तीमा थिए।

गस्तीमा रहेको प्रहरीले वडा नम्बर १० स्थित मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेको समूहलाई रोक्ने प्रयास गरेका थिए। त्यसैबेला योजनाबद्ध रूपमा तस्करहरूले धारिलो हतियारले प्रहार गरि दुवै प्रहरीको हत्या गरेका थिए।

हत्यापछि घिसार्दै तस्करहरूले प्रहरीको शव नेपाल–भारत सीमाको मोहना नदीमा लगेर अपराध लुकाउने प्रयास गरेका थिए।

त्यसको भोलिपल्ट सम्पर्कमा नआएका प्रहरी कर्मचारीको खोजी गर्दै जाँदा आइतबार बिहान ९ बजेर ७ मिनेटमा असई विकको शव हत्या गरी फालिएको अवस्थामा मोहना नदीभित्र फेला परेको थियो। त्यसको भोलिपल्ट मंगलबार बिहान सवा १० बजे जवान साउदको शव मोहना नदीभित्र फेला परेको थियो।

गाउँ सहर डेस्क

तपाईँको मत