राजनीति

शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ जनाको हस्ताक्षर

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण ३७ जनाले मात्रै हस्ताक्षर गरिएको दावी गरिएको छ । नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङबुहाङको नेतृत्वमा गएको टोलिले अविश्वास प्रस्ताव दर्ता गरेको जनाएको छ । यो नेकपाको ६७ सदस्यको बहुमत सदस्य हुन आउँछ ।

संसद सचिवालयमा पुगेर अविश्वासको प्रस्ताव दर्तागरेसँगै अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव समेत गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको तीन, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक र राप्रपाको एक सदस्य रहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत