प्रेरणा

केहि मानिस सोच्छन् घरमा छोरा नै जन्मियोस्, गलत सोच्

काठमाडौँ । जब ब्रम्हाजीले सृष्टिको निर्माण गरे, तब उनको शरीरबाट मनु र शतरुपा पैदा भए । पछि पाँच बच्चाहरू जन्म भए । यसमध्ये तीन छोरी र दुई छोरा । छोरीहरुका नाम आकूति, देवहुति र प्रसुति थिए । छोराहरुमा उत्तानपाद र प्रियव्रत ।

यी पाँच बच्चाहरू संसारकै पहिलो सन्तान थिए । यसमा ध्यान दिनुपर्ने कुरा के छ भने पहिलो पाँच बच्चामा तीन छोरी थिए । यसको मतलब प्रकृति र परमात्माले छोरी धेरै दिन्थे ।

छोरीलाई पनि त्यति नै सम्मान गर्नुपर्दछ जति छोरालाई गरिन्छ । भगवानले पनि कहिल्यै भेद गरेका छैनन् । यो भेद मानिसले नै बनाएका हुन् । केहि मानिस गर्भमा हुर्किरहेको सन्तानको लिंग पहिचान गरेर गर्भमा छोरी भए भ्रूण हत्या गरिदिन्छन् । जो भ्रूण हत्या गर्दछन्, उनीहरु परमशक्तिको आदेश विरुद्ध काम गर्दछन् ।

यसकारण हाम्रो घरमा छोरा होस वा छोरी उतिनै खुसी हुनु पर्दछ । भेदभाव गरिनु हुँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत