मधुमेहबाट किन डराउने ? तौल र खानामा नियन्त्रण गर्नुहोस्
- गाउँ सहर संवाददाता
- ४ पौष शनिबार, २०७७ | १७:१६:०० मा प्रकाशित

काठमाडौँ । डायबिटीज अर्थात मधुमेहको बारेमा सबैको राय यो छ कि जसलाई हुने हो भएरै छाड्छ । तर विशेषज्ञ यो कुरालाई पूर्णतया मान्दैनन् । हार्वर्ड मेडिकल स्कूलकी प्रोफेसर डा. होप रिकीओटी भन्छिन्, प्रि-डायबिटीजलाई ठिक गर्न सकिन्छ ।
प्रि-डायबिटीज यस्तो अवस्था हो जब व्यक्तिको शरीरमा भएको ग्लूकोजलाई उर्जामा परिवर्तन गर्न सक्दैन । यसले सुगरको स्तर बढ्छ, तर यसलाई मात्र डायबिटीज भन्न मिल्दैन । यो अवस्था बढ्दै जाँदा रोगमा भने अवश्य परिवर्तन हुन्छ ।
डा. रिकीओटी भन्छिन्- सो समय आफ्नो तौललाई पाँचदेखि सात प्रतिशतसम्म कम गरे र खानपानलाई सुधार गरे डायबिटीजबाट लामो समयसम्म बचाउन सकिन्छ । उनी भन्छिन्- यस्ता व्यक्तिले हप्तामा कमसेकम १५० मिनेट एक्सरसाइज गर्नु पर्छ । खानामा फल, सब्जी, होल ग्रेन लिने, स्वास्थ्यकर खाना खाने, सुगर कम गर्नु पर्दछ । उसले स्वस्थ जीवनशैली अपनाउनु पर्दछ ।
स्वस्थ जीवनशैली डायबिटीजबाट बच्ने उपाय
मेसाचुसेट्स जनर हस्पिटलका फिजिशियन डा. मोनिका टेलाका अनुसार- २० वर्षको अध्ययनबाट स्वस्थ जीवनशैलीले डायबिटीजबाट बचाउन सकिने तथ्य निकालेको छ । उनीहरूका अनुसार, डायबिटीजको विरामी नयाँ भएपनि रिभर्स गर्न सकिन्छ ।
बेलायतमा भएको एक अनुसन्धानका अनुसार, नयाँ डायबिटीज विरामी भए, उनीहरुले लो क्यालोरी डाइटमा गए रोग ठिक गर्न सकिन्छ । यी तीन तरिकाको प्रयोगले डायबिटीजबाट बचाउन सकिन्छ ।
- डाइटबाट क्यालोरी घटाउनुहोस्,
- हप्ताको १५० मिनेट एक्सरसाइज गर्नुहोस्,
- १० प्रतिशत सम्म तौल कम गर्नुहोस् ।
यति गर्न सकिएमा रोगबाट डराउनु पर्दैन । प्रि-डायबिटीज हट्छ भने रोगीपनि नियन्त्रणमै रहन्छन् । तसर्थ यी कुरामा ध्यान दिऊँ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस