गाउँ सहर
स्यानेटरी प्याडभित्र लुकाएर ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी पक्राउ
- २२ बैशाख शुक्रबार, २०८० | १६:०५:०० मा प्रकाशित

काठमाडौं । भद्रपुरबाट काठमाडौं आउन लाग्दा भद्रपुर विमानस्थलमा स्यानेटरी प्याडभित्र लुकाएर लागुऔषध ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनीलाई झापामा पक्राउ परेका छन् । प्रहरीले सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी सन्ध्या श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो ।
सोनीले प्याडभित्र लुकाएर ७६ ग्राम लागुऔषध तस्करी गर्न लागेको प्रहरीले जनाएको छ । विमानस्थलको चेकिङमा उनी पक्राउ परेकी हुन् । हैटौंडा घर भएका उनीहरु बुद्ध एयरको उडानबाट काठमाडौं आउन लागेका थिए । उनीहरुलाई परिचालन गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस