पशुपतिमा हरेक शनिवार नि:शुल्क ब्लड प्रेसर, सुगर र जनरल स्वास्थ्य परिक्षण गरिने
- गाउँ सहर संवाददाता
- १७ असार आइतबार, २०८० | १७:१३:०० मा प्रकाशित

काठमाडाैं । लायन्स क्लब अफ पशुपतिनाथकाे आयाेजनामा सर्वसाधारणकाे नि:शुल्क ब्लड प्रेसर, सुगर र जनरल स्वास्थ्य परिक्षण गरिएकाे छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक 325 E अन्तर्गतकाे लायन्स क्लब अफ पशुपतिनाथले नेपाल भारत मैत्री अस्पतालकाे प्राविधिक सहयाेगमा शनिवार पशुपति परिसरमा रहेकाे जयबागेश्वरी युवा क्लब भवनमा दर्शनार्थीहरूकाे नि:शुल्क ब्लड प्रेसर, सुगर र जनरल स्वास्थ्य परिक्षण क्लबका प्रेसिडेन्ट प्रविन गिरीले जानकारी दिए । शिविरबाट करिब सय जनाले लाभ लिएकाे उनले बताए ।
जयवागेश्वरी युवा क्लब, लायन्स क्लब अफ काठमाडौं पशुपतिनाथ र चिफ डायबेटिज, लायन जयन श्रेष्ठका अनुसार क्लबले रक्तदान कार्यक्रम आयाेजना गरि ३० प्रिन्ट रगत संकलन गरिएकाे पनि बताए ।
त्यस्तै, जयवागेश्वरी युवा क्लवका अध्यक्ष रजीश श्रेष्ठका अनुसार नि:शुल्क स्वास्थ्य शिविरबाट दैनिक रूपमा धेरै जनसमुदायहरूले स्वास्थ्य लाभ लिइरहेकाले यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन लायन्स क्लवसँग सहकार्य गरिएको बताए ।
हरेक वर्षकाे जुलाई महिनाकाे पहिलाे दिन नयाँ कार्यसमितिकाे कार्यकाल प्रारम्भ हुने दिन क्लबहरूले विभिन्न सामाजिक कार्य गरेर पदस्थापना थालनी गर्ने क्रममा लायन्स क्लब अफ पशुपतिनाथले याे पून्य कामकाे शुरूवात गरेकाे हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस