आज विश्व मधुमेह दिवस : चिनी राेग अर्थात मधुमेह के हो ? कसरी बच्न सकिन्छ ?
- गाउँ सहर संवाददाता
- २८ कार्तिक सोमबार, २०७९ | ०८:१३:०० मा प्रकाशित

काठमाडाैं । आज विश्व मधुमेह दिवस । नेपालमा पनि मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो ।
सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । यस वर्षको मधुमेह दिवसको नारा 'एजुकेसन टु प्रोटेक्ट टुमरो' भन्ने रहेको छ । विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ ।
नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान छ । डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण हाम्रो जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालेको छ ।
समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरहरु बताउँछन् । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । मधुमेहबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रुपमा क्रियाशील रहनु हो ।
मधुमेहका कारण मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने डाक्टरहरु बताउँछन् ।
मधुमेह के हाे ?
मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनीको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन् । इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ ।
इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ ।
रगत विना रक्तसंचार प्रणालीको कल्पना गर्न सकिदैन । पानी, रक्तकोष, विभिन्न लवण तथा रसायनहरुको समिश्रणबाट बनेको रगतमा तत् तत् पदार्थहरु निश्चित अनुपातमा रहेका हुन्छन् । यदि रगतमा भएका कुनै पनि पदार्थको मात्रा अर्थात गुणमा परिवर्तन भयो भने समग्र रक्तसंचार प्रणाली र सरिरको आन्तरिक कार्यसंचालनमा बाधा पुग्छ जान्छ ।
जिवन यापनमा आइरहेको परिवर्तन, विलासी जिवनशैली तथा भौतिक मेहेनतको कमीले मधुमेहका रोगी दिनानुदिन बढिरहेका छन् ।
मधुमेहका कारण
सरिरमा प्रयाप्त इन्सुलिनको उत्पादन नहुदा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनिको मात्रा बढ्न गइ मधुमेह हुनजान्छ । जसका निम्न कारणहरु हुन्छन्ः
१. आनुवांशिक कारण, बाबु आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत रहेको चिकित्सक हरुले जनाएका छन् । तसर्थ अभिभावक बाट सन्तानमा मधुमेह सर्न सक्ने सम्भावना रहेको हुन्छ ।
२. बढि मोटो रहनु र आवश्यक भन्दा बढि तौल हुँदा मधुमेह हुने सम्भावना बढि हुन्छ ।
३. भाइरसको संक्रमणः यो मधुमेहको प्रमुख कारक हो । प्यांक्रियाजको विटा कोश (जसले इन्सुलिन उत्पादन गर्छ ) मा भाइरसको संक्रमण हुँदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ ।
४.व्यायामको कमी, अस्वस्थ आहार विहार, उच्च रक्तचाप र रगतमा बढि कोलेस्टेरोल हुनु पनि मधुमेहका कारक हुन्।
मधुमेहका प्रकार
मधुमेह मुख्यतया तिन प्रकारका हुन्छन् ।
क. टाइप वानः यो सामान्यतया बालबालिकामा हुने गर्छ । जहाँ इन्सुलिनको उत्पादन सुन्य अर्थात अत्यन्त न्युन हुन्छ । रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्धारा इन्सुलिन दिनुपर्ने हुन्छ ।
ख. टाइप टुः यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेही मध्ये धेरै यही प्रकारको मधुमेहका रोगी रहेका छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र सरिरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ । उमेर बढ्दै जादा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन् ।
ग. जेस्टेसनल मधुमेहः गर्भबती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुनगइ मधुमेह हुनजान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।
मधुमेहका लक्षण
१. छिटो छिटो पिसाव लाग्ने र तिर्खालाग्ने
२. बढि भोक लाग्ने, आखा तिरमिराउने
३. शरिरको वजन घट्ने, थकाइ महसुस हुने
४. वाकवाकी लाग्ने
५. लामो समयसम्म चोटपटक निको नहुने
५. हात खुट्टा झमझमाउनु, रिंगटा लाग्नु
मधुमेहका रोगीमा अन्धोपन हुनसक्ने सम्भावना अत्यधिक रहेको हुन्छ । करीब १५ वर्षसम्म मधुमेहबाट ग्रसित बनेको करीब २ प्रतिशत रोगीमा पुर्ण रुपमा दृष्टिविहिन हुने सम्भावना रहेको हुन्छ ।
रगतमा भएको अध्यधिक ग्लुकोजले आखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुराउने गर्छ । मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि क्षति पुराउन सक्छ ।
मधुमेहका रोगीमा मृगौलाको रोग हुने सम्भावना पनि अत्यधिक रहेको हुन्छ । मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने समस्या धेरै रहेको हुन्छ । करीब ५० प्रतिशत मधुमेहका रोगी मुटु तथा नशा सम्बन्धी रोगका कारण मर्ने एक अध्ययनले देखाएको छ ।
मधुमेहको उपचार
मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ ।
मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः
१. इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने
२. रक्तचाप नियन्त्रण गर्ने
३. खानामा विशेष ध्यान पुराउने, बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने
४. धुम्रपान र मध्यपान त्याग्ने
५. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने
६. सन्तुलित र नियमित भोजन लिने, नियमित व्यायाम गर्ने
एजेन्सीको सहयोगमा

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस