शिक्षा

राष्ट्र बैंकमा ५० पदमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ ।राष्ट्र बैंकको जनशक्ति विभागले विभिन्न पदमा गरेर ५० जनाको आवेदन माग गरेको छ ।

राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतिय प्रशासन तर्फ ३१ जनाको आवेदन माग गरेको छ । जसमा १७ जना खुल्ला,पाँच जना महिला,चार जना आदिवासी जनजाती, दुई जना मधेशी, एक जना दलित र दुई जना पिछडिएको क्षेत्रको लागि आरक्षण रहेको छ ।

त्यसैगरी, सहायक निर्देशक अधिकृत तृतिय लेखामा पाँच जना आवेदन माग गरेको छ । जसमा चार जना खुल्ला मागिएको छ भने एक सिट अपांग भएको व्यक्तिलाई आरक्षण तोकिएको छ ।

सहायक निर्देशक कानूनको लागि दुई जना आवेदन  गरिएको छ । जसमा एक जना खुल्ला र एक जना आदिवासी जनजातीको लागि आरक्षण गरिएको छ ।

यस्तै सहायक द्धितीय अन्तर्गत प्रशासनको लागि १० जना आवेदन माग गरिएको छ । जसमा ६ पद खुल्ला छ भने एक जना महिला, दुई जना आदिवासी र एक जना मधेशीको लागि आरक्षण तोकिएको छ ।

सहायक द्धितीय कानून अन्तर्गत दुई ओटा पदको लागि आवेदन मागिएको छ । जसमा एक जना खुल्ला र एक जना महिला सिट आरक्षण गरिएको छ । आवेदकले नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । पुस २३ सम्म आवेदन भर्न सकिनेछ भने दोब्बर दस्तुर तिरेर माघ १ सम्म आवेदन दिन सकिने छ ।

गाउँ सहर डेस्क

तपाईँको मत