शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आवेदन खुल्याे

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै उपकुलपति हुन इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ।

समितिले यही माघ २२ गते उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो । सोही कार्यविधि बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।

उपकुलपति छनोट तथा सिफारिस समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई नेतृत्वमा बनेको छ । सो समितिले उपकुलपति नियुक्तिका लागि कुलपति एवम् प्रधानमन्त्री समक्ष नाम सिफारिस गर्दछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत