समाज

सशस्त्र प्रहरी नै ग्राहक बनेर लागुऔषध बरामद गरेपछि...

काठमाडौँ । सशस्त्र प्रहरी बलले शनिबार धादिङमा ५० केजी चरेश बरामद गरेको छ । ग्राहक बनेर सशस्त्र प्रहरीले चरेश बरामद गरेको हो ।

सशस्त्र प्रहरीको मुख्यालयस्थित बिशेष इन्टेलिजेन्स ब्यूरोबाट सादा पोशाकमा खटिएको टोलीले धादिङको गल्छीबाट एक युवकलाई पक्राउ गरेको हो । सशस्त्रको इन्टेलिजेन्स ब्यूरोले  ग्राहक बनेर  लागुऔषध बरामद गर्दै आएको छ । 

यसअघि कात्तिक ५ गते ललितपुरको गोदावरीबाट चार जनालाई लागुऔषध सहित पक्राउ गरेको थियो । त्यस्तै भदौ २७ गते स्वयम्भुबाट १० किलो चरेशससहित सागर लामा र सुबर्ण पौडेललाई पक्राउ गरेको थियो । यअसघि ब्यूरोले कात्तिकमै विप्लव माओवादीका केही कार्यकर्तालाई बागबजारबाट समेत पक्राउ गरेको जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत