गाउँ सहर

गाउँपालिका पूवृ अध्यक्षमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर

  • ५ पौष मंगलबार, २०७९ | ११:३६:०० मा प्रकाशित

बाग्लुङ । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा-चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो । 

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाइ’ गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । उनको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी विसं २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा-चरेस–नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।रासस

तपाईँको मत