गाउँ सहर

दमकमा लागुऔषध र नगदसहित तीन जना पक्राउ

झापा । दमकबाट तीन जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । बुधबार दिउँसो करिब १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक २ स्थित आम्दा अस्पताल नजिकैबाट प्र.१– ०२–०४८ प ६६५७ ,ज १२ प ५५५७ नम्बरका मोटरसाइकलहरु र को २८ प ३१४६ नम्बरको स्कुटर रोकेर बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं. ८ शान्ति टोलका ३७ बर्षिय तेज कुमार खवास, दमक २ का ३५ को सुनिल श्रेष्ठ र २२ बर्षिय बिजय धिमाल रहेका छन । उनीहरुलाई चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ जम्मा १९ ग्राम, मोबाइल ४ थान र नगद ९७ हजार ६ सय रुपैयाँसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत