खेल

गौतम बुद्ध कपको उपाधि राप्तीको हातमा

काठमाडौं । टिम राप्तीले गौतम बुद्ध कपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा टिम नारायणीलाई १० रनले हराउँदै राप्तीले उपाधि जितेको हो ।

भारतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको हाताभित्र रहेको नमुना मैदानमा राप्तीले नारायणीलाई जितका लागि १४४ रनको लक्ष्य नारायणीले निर्धारित २० ओभरमा ९ विकेट मात्र १३४ रन बनायो ।

नारायणीका लागि आरिफ सेखले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै रित गौतम र इशान पाण्डेले समान २७/२७ रनको योगदान गरेका छन् । 

बलिङतर्फ राप्तीका लागि अविनाश बोहोराले सर्वाधिक तीन विकेट लिए । त्यस्तै भुवन कार्कीले दुई विकेट लिँदा जितेन्द्र मुखिया र कमल सिंहले समान एक/एक विकेट लिएका छन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै १४३ बनाएको थियो । राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको योगदान गरेका थिए । विनोद भण्डारीले  भने नटआउट २८ रन बनाउँदा अमित श्रेष्ठ १८ तथा शरद भेषावकरले १० रन बनाउन सफल भएका हुन् । त्यसैगरी, बलिङतर्फ नारायणीका लागि साहब आलमले सार्वाधिक तीन विकेट हात पार्न सफल भए भने सुशन भारीले दुई विकेट लिएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत