सडक/यातायात

सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने तयारी

काठमाडौं । उपत्यकाका सवारी साधनमा जारी रहेको जोर बिजोर प्रणाली हटाउने तयारी भइरहेकाे छ । देशभर सवारी साधन निर्वाध सञ्चालन भए पनि काठमाडौं उपत्यकामा भने जोर बिजोर प्रणाली कायमै रहेको छ ।

कोरोना न्यूनीकरण गर्नका लागि उपत्यकामा भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ । सरकारी पक्षले जोरबिजोरको माध्यमबाट कोरोना महामारी केही नियन्त्रण हुने  दाबी गर्दै आएता पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दो क्रममा छ । तर पछिल्लो समय परिक्षणको दायरा साँघुरो पारिदै आएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोरबिजोर कायम गर्ने निर्णय गरेका थिए । लामो समयसम्म त्यसको व्यवस्थापनबारे पहल नभएपछि सरोकारवाला निकाय आक्रोशित बन्दै आएका थिए । अबको दुई तीन दिनमा जोरबिजोर प्रणलीकाबारे निर्णय हुने एक उच्च अधिकारीले बताएका छन् । गृहसँग पनि समन्वय गरिरहेका छौं । जोरबिजोर हटाउनेतर्फ नै अगाडि बढेका छौं, उनले भने । 

जोर बिजोरको सबैभन्दा मारमा मोटरसाइकल प्रयोगकर्ता परेका छन् । मोटरसाइकल सार्वजनिक सवारीसाधन नभए पनि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भदौमा बसेको बैठकले मोटरसाइकलमा समेत जोरबिजोर प्रणाली लागु गरेको थियो । हाल महानगरीय ट्राफिक महाशाखाले जोरबिजोर उल्लंघन गरेको भन्दै दैनिक दर्जनौं सवारीसाधनमाथि कारबाही गर्दै आइरहेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत