वातावरण

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम भएको छ ।

आज शुक्रबार बिहान ८ः ४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो यस हिउँदको अहिलेसम्मकै कम तापक्रम हो ।

यसअघि आजै बिहान ५ः४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको थियो । पुनः बिहान ८ः४५ बजेको मापनमा यसभन्दा पनि केही घटेर ३.५ डिग्री सेल्सियसमा झरेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत