अर्थतन्त्र

सुनको मूल्य घट्यो

काठमाडौँ । तीन दिनसम्म लगातार स्थीर रहेको सुनको मूल्य सोमबार घटेको छ । गत बिहीबार, शुक्रबार र आइतबार स्थीर दरमा कारोबार भएको सुनको मूल्य सोमबार घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो ।

महासंघले सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ४०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २०० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत बिहीबार ९०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा खरीद बिक्री भएकोमा त्यसयता एउटै मूल्यमा सुनको कारोबार भैरहेको छ । नेपाली बजारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आउने उतार चढाव अनुसार नै सुनको भाउ निर्धारण हुँदै आएको  महासंघले बताएको छ । चाँदीको मूल्य भने गत बिहीबारदेखि  सोमबारसम्म  स्थीर अवस्थामा नै रहेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत