समाज

आइतबारदेखि मनकामना मन्दिर भक्तजनका लागि खुला, केबलकार पनि सञ्चालनमा आउने 

गोरखा । आइतबारदेखि मनकामना मन्दिर र केबलकार खुल्ने भएको छ । प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर मंसिर २८ गतेदेखि खुल्ने भएको हो।

कोरोना महामारीबाट गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गरी भक्तजनका लागि पूजाआजाका लागि खुला गर्न लागिएको हो।

कोरोना भाइरस महामारीपछि मन्दिरमा पूजाआजा गर्न भक्तजनलाई रोक लगाइएको थियो । दैनिक पूजा भने पूजारीले गर्दै आएका थिए।

मनकामना क्षेत्र विकास समितिको आयोजनामा सहिद लखन गाउँपालिकाका वडाध्यक्ष, मनकामना मन्दिर जीर्णोद्वार समिति, पूजारी, मनकामना केवलकार, उद्योग वाणिज्य संघ र राजनीतिक दलका प्रतिनिधि बैठक बसेर उक्त निर्णय गरेको स्थानीय बासिन्दा नरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत