स्वास्थ्य

‘सात महिनामा तीनपटक काेराेनासँग जुधेका जाेसेफकाे कथा’

भारत केरल थ्रिसूरका सेवियो जोसेफ पछिल्लो सात महिनामा तीनपटक कोरोनासँग जुधिसकेका छन् । उनको केश अहिले डाक्टरको लागि परीक्षा भएको छ ।

३८ वर्षका जोसेफलाई पहिलो संक्रमण मार्चमा भएको थियो । त्यो बेला उनी विदेशमा थिए । ओमानमा एकपटक संक्रमण भएपछि दोस्रोपटक केरलमा उनी फेरी कोरोना पोजेटिभ भए ।

जोसेफका अनुसार- पटकपटक संक्रमणको डरका कारण उनले ७ महिनाका जुम्ल्याहा बच्चीलाई अहिलेसम्म भेट्न सकेका छैनन् ।

थ्रिसूर जिल्लाका मेडिकल अफिसर डा. केजे रीनाका अनुसार- केरलमा कोरोनाको री-इन्फेक्शनको यो पहिलो केश हो । यस्तो लाग्छ कि भाइरस शरीरमा केहि समयसम्म मात्र निष्क्रिय रह्यो र पछि पुनः सक्रिय भयो यसकारण रिपोर्ट पोजेटिभ आयो ।

संक्रमत जोसेफलाई १७ मार्चमा मस्कटमा पहिलोपटक कोरोना संक्रमण भयो । सोबेला उनको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि २८ जुनमा उनको रिपोर्ट नेगेटिभ आयो । उनी केहि दिन घरको क्वारेन्टाइनमा रहे तर श्वास फेर्न समस्या भएपछि पुनः सरकारी अस्पतालमा सम्पर्क गरे र जाँच गर्दा पोजेटिभ पाइयो । १८ जुलाइमा उनलाई थ्रिसूरको सरकारी मेडिकल कलेजमा भर्ना गरियो । उपचारपछि रिपोर्ट नेगेटिभ आयो । १ अगष्टमा अस्पतालले डिस्चार्ज गर्यो । यसपछि उनी घरमा ८ दिनसम्म क्वारेन्टाइनमा बसे ।

र केहि समय श्वास फेर्न गाह्रो भएपछि अस्पतालमा सम्पर्क गरे र पुनः ३ सेप्टेम्बरमा पनि रिपोर्ट पोजेटिभ आएको थियो । पछिल्लो थ्रिसूर मेडिकल कलेजमा उपचारपछि ११ सेप्टेम्बरमा रिपोर्ट नेगेटिभ आयाे र जोसेफलाई डिस्चार्ज गरिएको छ । भास्कर दैनिकको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत