सेवा

रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम

लेखनाथ ।  पोखरा २७  रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विश्व रेडक्रस दिवस मे ८ का अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

कार्यक्रम अन्तर्गत विद्यालयमा शैक्षिक सत्र २०८१ मा नयाँ भर्ना भएका विभिन्न कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । यसै गरी तहगत रुपमा माता तीर्थ औंसी विशेष कार्यक्रम सम्पन्न भएका थिए भने सदन विभाजन समेत गरिएका थिए ।

विद्यार्थीहरुको भेलाले बुधवार नै रेडक्रस सर्कल पुनर्गठन गरेको छ । पुनर्गठित सर्कलको अध्यक्षमा सुदिक्षा पौडेल  चयन भएकी छन् । सर्कलको उपाध्यक्षमा स्मृति वि.क., सचिवमा रिमिशा भण्डारी, सह सचिवमा सखी तामाङ, कोषाध्यक्ष अस्मिता गुरुङ रहेका छन् । यस्तै सदस्यहरुमा रोहित सुनार, रोहित गुरुङ, समृद्धि ठकुरी, ज्याक्सिना क्षत्री, साइमन वि.क., प्रतीक परियार, अर्नव भण्डारी दीक्षा सापकोटा, जस्मिन शाह, युनिका पुरी र राजिव वि.क. रहेका छन् । विद्यालयका प्रिन्सिपल विकल पौडेल संरक्षक तथा शिक्षक रामभक्त खनाल शिक्षक नायक र लक्ष्मी घिमिरे शिक्षक सह नायकमा चयन भएका छन् ।

कार्यक्रममा रेडक्रस मानवीय उद्धार र सहयोगको क्षेत्रमा अग्रणी संस्था भएकाले निस्वार्थ भावनाले काम गर्न आग्रह गर्दै कक्षा ११, १२ संयोजक विष्णुहरि पौडेलले रेडक्रसको स्थापनाको पृष्ठभूमि तथा सिद्धान्तहरुका बारेमा स्पष्ट पारेका थिए । पौडेलले पुनर्गठित सर्कलका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । प्रिन्सिपल बिकल पौडेल, विद्यालय इञ्चार्ज रामप्रसाद अधिकारी लगायतले शुभकामना दिएका थिए । कक्षा ८ की अर्माली पौडेलले रेडक्रसका बारेमा कविता बाचन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन अतिरिक्त कृयाकलाप प्रमुख विचित्र न्यौपानेले गरेका थिए ।  विद्यालयमा हाल छ सय ५० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत