स्वास्थ्य

राष्ट्रपति पुटिनकी छोरीलाई भ्याक्सिन दिएपछि शरीरको तापक्रम घट्यो, भ्याक्सिनको आधिकारिक पहिलो तस्बिर हेर्नुहोस्

[पहिलो कोरोना भ्याक्सिन]

काठमाडौँ । आधिकारीक रुपमा कोरोनाको भ्याक्सिन रजिस्टर गरेको रुस संसारको पहिलो देश बनेको छ । भ्याक्सिनको पहिलो डोज राष्ट्रपति भ्लादिमीर पुटिनकी छोरीलाई दिइएको थियो । उनलाई दुई डोज दिइएको छ । डोज दिएपछि शरीरको तापक्रममा परिवर्तन रेकर्ड गरिएको छ । 

पुटिनका अनुसार, पहिलो डोज दिएपछि उनको शरीरको तापक्रम ३८ डिग्री थियो । भ्याक्सिनको दोस्रो डोज दिँदा तापक्रम १ डिग्री घटेर ३७ भयो । तर केहि समयपछि दोस्रोपटक तापक्रम बढ्यो, जुन विस्तारै विस्तारै समान्य भयो ।

पुटिनका दुई छोरी छन, मारिया र कैटरीना । भ्याक्सिन कसलाई दिइएको पुटिनले स्पष्ट बताएका छैनन् । तर उनले भने— सहज महशुष गरेकी र उनको धेरै संख्यामा एन्टिबडीज बनेको छ । भ्याक्सिनले कयौँ तरिकाको जाँचको प्रक्रिया पूरा गरिसकेको छ र यो सुरक्षित सावित भएको छ ।

यसअघि पनि रुसको स्वास्थ्य मन्त्रालयले २० भन्दा बढी देशले भ्याक्सिनको लागि अर्डर गरिसकेको बताएका थिए । रुसले कोरोनाको यो भ्याक्सिनको नाम पहिलो उपग्रहको नाममा राखेको छ ‘स्पुतनिक-वी’ । तर अमेरिका र ब्रिटेनले रुसको यो भ्याक्सिनको विश्वास गरेका छैनन् । उनीहरुले भ्याक्सिन फर्मूला चोरेको आरोप लगाउँदै आएका छन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत