स्वास्थ्य

वैज्ञानिकको दावी- ‘बुढ्यौली भगाउने राज हाम्रो हड्डीमा लुकेको छ’

न्यूयोर्क । वैज्ञानिकले यो पत्ता लगाएका छन कि बुढ्यौलीलाई भगाउने राज हाम्रो हड्डीमा लुकेको छ ।

कोलम्बिया यूनिभर्सिटीका जेनेटिक्स डिपार्टमेन्टका प्रमुख प्रोफेसर गेर्रार्ड कारसेंटी ३० वर्षदेखि हड्डीमा लुकेको राज पत्ता लगाउन लागिपरेका छन् ।

उनले हड्डीमा पैदा हुने हार्मोन ‘आस्टियोकेल्सिन’ मा गरेको अनुसन्धानबाट हड्डीभित्र पुरानो टिश्यूज (तन्तु) लाई हटाउन र नयाँ टिश्यूजलाई लगातार बनाउने काम गर्ने कुरा पत्ता लगाएका हुन् । यसले हाम्रो कद (उचाई/माेटाई) बढाउने काम गर्दछ । यसको लागि उनले मुसामा यो हार्मोनको जीन निकालेर अनुसन्धान गरे ।

अध्ययनबाट हड्डीभित्रको हार्मोनले पनि हाम्रो शरीरको कयौँ क्रियालाई प्रभावित गर्ने पत्ता लाग्यो । प्रो. कारसेंटीका अनुसार, पहिले यस्तो मान्थ्यिो कि हड्डीको ढाँचाबाट हाम्रो शरीर केवल ठडिन्छ, तर यस्तो होइन रहेछ । हड्डीले योभन्दा बढी क्रियालाई प्रभावित गर्दछ ।

हड्डीभित्रको टिश्यूले शरीरका अन्य टिश्यूजलाई सहयोग गर्दछ । हड्डी आफैँ हार्मोन बनाउँछ र अर्को अंगसम्म संकेत पठाउने काम गर्दछ । यसको मद्यतबाट हामी कसर गर्दछौँ । यसले बुढ्यौली रोक्न र स्मरणशक्ति बढाउन मद्यत मिल्दछ ।

प्रो. कारसेंटीले भने, ‘बुढ्यौली आउन नदिनका लागि आस्टियोकेल्सिन बढाउनुको विकल्प छैन । नियमित कसरतबाट हड्डीले आस्टियोकेल्सिन बनाउँछ । वैज्ञानिक आस्टियोकेल्सिनको दवाई बनाउनमा जुटेका छन ताकि यो हार्मोन लामो समयसम्म शरीरमा रहेर बुढ्यौलीमा हुने विरामीबाट बचाउन सकोस् ।’

उता यूनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कका वैज्ञानिकले बुढो मुसामा गरेको एक शोधबाट यो कुरा पत्ता लगाएका छन कि ब्लड प्लाज्मको आधा हिस्सा निकालेर त्यसको ठाउँमा स्लाइन र एल्ब्यूमिनमा बदल्दा उमेर बढ्ने प्रक्रिया उल्टिन्छ ।

यसले मांशपेशी, दिमाग र लिभरको तन्तु पुनः जवान हुन थाल्छ । रिसर्च टिम अहिले यो निश्कर्ष निकाल्नमा जुटेका छन कि के यो संशोधित ब्लड प्लाज्मा उमेरसँगै जोडिएका विरामीको उपचारमा मानवको लागि उपयोगी होला ? साथै वृद्धको स्वास्थ्यलाई लिएर यो उपाय कति फाइदाजनक हुन्छ ? एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत