९८ लाख रुपैयाँसहित दरबारमार्गबाट पक्राउ परेका दुईकाे यस्ताे संलग्नता
- गाउँ सहर संवाददाता
- २८ बैशाख शुक्रबार, २०८१ | १७:४१:०० मा प्रकाशित
काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रुपन्देही सियारी गाउँपालिका- ७ का २८ वर्षीय समिर सुनार र अर्का सोही स्थानका २९ वर्षीय मिलन विकलाई सार्वजनिक गरेको हो ।
काठमाडौँ महानगरपालिका- ५ मालीगाउँबाट मिलन विकसहितका व्यक्तिहरूले हुण्डीसम्बन्धी कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।
उनीहरूको मोबाइल र सामाजिक सञ्जालको समेत अध्यनन गर्दा हुण्डी तथा अवैध सुनको समेत कारोबारी रहेको हुन सक्ने भट्टराईको भनाइ छ । उनीहरूले विगत दुई वर्षदेखि अवैध कार्यहरू गर्दै आएको खुल्न आएको उनले पत्रकार सम्मेलनमा बताए ।
उनका अनुसार प्रहरीले बा.१३ च ४८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्टबाट ९८ लाख रुपैयाँ बरामद गरेको हो । तीन थान विभिन्न कम्पनीको मोबाइलसमेत रहेको थियो ।
यसअघि मिलन विक दोलखामा साढे ११ किलो सुन कारोबारमा मुसिएको व्यक्ति रहेको खुल्न गएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । सुनको पैठारी र संगठित अपराधमा पक्राउ पुर्जी जारी भइ फरार रहेको उनले जानकारी दिए ।
मिलन विकको सम्पत्ती शुद्धिकरणको मुद्दासमेत अनुसन्धान भइरहेको खुलेको उनले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से २०९२ अंकमा
- नेप्से २०९२ अंकमा
- मेयर बालेनकाे खबरदारी : गिरीबन्धु जग्गा सट्टाभर्नामा खर्बाैँ रकमकाे खेलोफड्काे हुनसक्छ
- नेपाल चीन सम्बन्ध विश्व भूराजनीति, बहुध्रुवीय शक्ति सन्तुलन ध्यानमा राखेर व्याख्या र विश्लेषण गर्नु मनासिव हुने
- युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी
- कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए चौथोपटक विश्वासको मत
- कांग्रेससहित विपक्षी दलहरुको नाराबाजीपछि संसद बैठक स्थगित
- कांग्रेससहित विपक्षी दलहरुको नाराबाजीपछि संसद बैठक स्थगित
- रवि लामिछाने भित्र बाेले, गगनले बाहिर प्रमाण खाेले
- डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
प्रतिकृया दिनुहोस