प्रेरणा

महाशिवरात्रीमा रात्री जागरणबाट प्राप्त हुन्छ शिवलोक, यी राशिले यो उपाय गर्नुहोस्

काठमाडौँ । शुक्रबार महाशिवरात्री पर्व छ । महाशिवरात्री ९ गते साँझ ५ बजेर ३१ मिनेटबाट सुरु भएर १० गते शनिबार साँझ ७ बजेर ९ मिनेटमा समाप्त हुनेछ । यो दिन शिवको पूजाअर्चना गर्दा भोले बाबाको कृपा वर्सने छ ।

महाशिवरात्रीको दिन शनि र शुक्र ग्रहको दुर्लभ योग बनेको छ । शनि स्वयंको राशि मकर र शुक्र ग्रह आफ्नो उच्च राशि मीनमा रहनेछन् । ज्योतिषहरुका अनुसार यो एक दुर्लभ योग हो, यस्तो सन् १९०३ को शिवरात्रीमा भएको थियो । यो योगमा शिवको आराधना गर्दा शनि, गुरु र शुक्र दोषबाट मुक्त हुने छन् । कुनैपनि नयाँ कामको शुरुवात गर्नको लागि यो विशेष योग मानिन्छ ।

रात्री जागरणबाट शिवलोकमा स्थान

ज्योतिषहरुका अनुसार फाल्गुण महिनाको कृष्ण पक्षको चतुर्दशीमा शिवरात्री मनाइन्छ । ९ गते साँझ ५ बजेर ३९ मिनेटबाट चर्तुदशी लाग्नेछ । शिवरात्रीमा कयौँ श्रद्धालु निर्जला व्रत राखेर रात्री जागरण गर्दछन् । यसो गर्दा श्रद्धालुले शिवलोकमा स्थान पाउने विश्वास छ । पौराणिक मान्यता अनुसार शिवरात्रीमा भगवान शिवले संरक्षण र विनाशको सृजना गरेका थिए । भगवान शिव र पार्वतीको विवाह यही दिन भएको थियो । महाशिवरात्रीमा राती चारपटक शिवकाे पूजा गरिने परम्परा छ ।

कुश जल चढाउँदा रोगबाट मुक्ति

कुश, जल चढाउँदा रोगको निवारण हुने विश्वास गरिन्छ । दही अर्पित गर्दा बाहन र भवनको इच्छा पूरा हुन्छ । घीउ चढाउँदा धन, तीर्थ जलले मोक्ष, गाईको दूधले पुत्र या सन्तान, सक्खरले बुद्धिको प्राप्ति हुने विश्वास छ ।

महाशिवरात्रीमा शिवलाई साकार र निराकार दुबै विधिले पूजा गर्नु फलदायी हुनेछ । सबैभन्दा पहिले ब्रम्हा, विष्णु, महेशले भगवान शिवलाई अभिषेक गरेका थिए ।

कुन राशिले के चढाउने शिवलाई ?

मेषले अन्न, वृषले सप्त धान्य, मिथुनले फूल, कर्कटले उखुको टुक्रा, सिंहले बेलपत्र, कन्याले तुलसीको पात, तुलाले चन्दन, वृश्चिकले सुगन्धित धुप, धनुले खरानी, मकरले पुष्प माला, कुम्भले दूध सक्खर र मीन राशिले दूबो, बेलपत्र चढाउने ।
 

गाउँ सहर डेस्क

तपाईँको मत