शिक्षा

सही ‘प्लस टु’ को खोजीमा हुनुहुन्छ? पहिल्याउनुहोस् यी टिप्सहरू

काठमाडौँ । बिहिबार एसईईको नतिजा आएको छ । 

नतिजा अनुसार ३.६ देखि ४ जिपीएसम्म १७५८०, ३.२ देखि ३.६ जिपीएसम्म ५११३७, २.८ देखि ३.२ जिपीएसम्म ६३७४१, २.४ देखि २.८ जिपीएसम्म ७३५६४, २.० देखि २.४ जिपीएसम्म ९८२०७, १.६ देखि २ जिपीएसम्म ९५३०७ र १.२ देखि १.६ जिपीएसम्म ४३८४१ विद्यार्थीले ल्याएका छन् । 

संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए । जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए । 

बिहिबार रिजल्ट सार्वजनिक नहुँदैदेखि प्लु टु कलेजहरुले विज्ञापन गर्न थालिसकेका थिए । भएपछि त त्यसको श्रृंखला ह्वात्तै बढ्यो । हुनेपनि भयो नै । विद्यार्थी तथा अभिभावकको चासो पनि ह्वात्तै बढ्यो र खोज्न थाले कलेजका प्रोफाइलहरु ।

देशभर झण्डै ४ हजारका संख्यामा प्लस टु कलेजहरु छन् । आवश्यकता र सहजता अनुसार भर्ना गर्न सकिन्छ । यसको लागि कुनै जोखाना हेर्नु पर्दैन । तरपनि जमिनको बर्गिकरण जस्तै अब्बल, दोयाम, सीम र चहरजस्तै विद्यार्थी तथा अभिभावकको रोजाई भनिएको राम्रो, कम राम्राे, थोरै कम, अनि कममा यो महिनाभर खोज्ने र प्रवेश परीक्षा दिनेक्रम चलिरहन्छ ।

यही दोधारपनलाई हटाउनको लागि तपाईंको प्लस टु छनौट गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरुलाई विज्ञहरुको सुझाव लिएर हामीले केही छिप्सहरु यहाँ प्रस्तुत गरेका छौँ । प्लस टु शिक्षाको एउटा आधार खडा गर्ने सुरुवाती चरण हो, आत्तिनु पर्दैन । शान्त भएर छनाैट गरे हुन्छ ।

यसर्थ प्लस टु छनौटमा निम्न कुरा ध्यान दिनुहोस् ।

  1. पहुँचयोग्य र सहज संस्था चुन्नुहोस्
  2. बढी पैसा तिरेर राम्रो शिक्षा पाइन्छ भन्ने भ्रम हटाउनुहोस्
  3. गच्छेनुसारको संस्था हेर्नुहोस्, भड्किलो गतिविधिलाई साथ नदिनुहोस्
  4. संस्थाको संरचनागत आधार नियाल्नुहोस्
  5. संस्थाको शैक्षिक प्रगति हेर्नुहोस्
  6. संस्थाको शिक्षण विधि र शिक्षक-शिक्षिका-कर्मचारी-अतिथि शिक्षक-अतिथि विज्ञको सहकार्य र अवस्था बुझ्नुहोस्
  7. अतिरिक्त क्रियाकलाप, सामाजिक कार्य, विकासप्रेमी क्रियाकलाप निरीक्षण गर्नुहोस्
  8. संस्थाको पूर्वाधार जस्तैः ल्याव, प्रयोगात्मक पक्ष हेर्नुहोस् 
  9. संस्थाको संस्कार अवश्य ध्यान दिनुहोस् ।

यी टिप्सहरु हेरियो भने तपाईं जसले यो विषयमा समस्या भोगिरहनुभएको छ त्यो अवश्य दूर भएर जानेछ र पछि पछुतो पनि हुँदैन । भविश्यका कर्णधारहरुलाई शुभकामना, देशका अब्बल व्यक्ति भएर निस्कनुहोस, देशलाई तपाईंको खाँचो छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत