वातावरण
तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- गाउँ सहर संवाददाता
- ९ असोज शुक्रबार, २०८३ | १८:४६:०० मा प्रकाशित
काठमाडौँ। नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म तीन जिल्लाका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार प्युठानका माण्डवी र सरुमारानी गाउँपालिका, जाजरकोटका नलगाड र बारेकोट तथा बझाङका केदारस्यूँ र थलारा गाउँपालिका भारी वर्षाको प्रभावमा पर्न सक्नेछन्।
भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमको अवस्था र महाशाखाले जारी गर्ने थप सूचनामा ध्यान दिन आग्रह गरिएको छ।
महाशाखाले सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता र पूर्वसावधानी अपनाउन समेत अनुरोध गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस