वातावरण
भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- गाउँ सहर संवाददाता
- ८ असोज बिहीबार, २०८३ | १८:४१:०० मा प्रकाशित
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावसँगै वर्षाको सम्भावना बढेको जनाएको छ।
बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्र हाल भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशा आसपास रहेको छ। यसको प्रभावले आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मधेससहित तराईका केही क्षेत्रमा तीव्र हावाहुरी समेत चल्न सक्ने अनुमान छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्क रहन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित हेर्न आग्रह गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस