वातावरण

बढ्याे चिसाे, बच्न सतर्क रहन आग्रह

काठमाडौं । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तापक्रम घट्दै जाँदा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको छ । 

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेकोमा बिहीबार बिहान न्यूनतम तापक्रम ४ दशमलब ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनका अनुसार यो अझै घट्ने सम्भावना छ ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत