वातावरण
बढ्याे चिसाे, बच्न सतर्क रहन आग्रह
- गाउँ सहर संवाददाता
- ६ पौष शुक्रबार, २०८० | ०७:३०:०० मा प्रकाशित
काठमाडौं । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तापक्रम घट्दै जाँदा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको छ ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेकोमा बिहीबार बिहान न्यूनतम तापक्रम ४ दशमलब ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनका अनुसार यो अझै घट्ने सम्भावना छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
प्रतिकृया दिनुहोस