प्रविधि र वातावरणबीच सन्तुलन खोज्दै अन्तरक्रिया सम्पन्न
- गाउँ सहर संवाददाता
- १० जेठ आइतबार, २०८३ | ०७:३४:०० मा प्रकाशित
पाेखरा । पर्यावरणीय संकट र प्रविधिको तीव्र विस्तारबीच सन्तुलन खोज्ने उद्देश्यसहित त्रिवेणी इन्टरनेशनल कलेज र सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको संयुक्त आयोजनामा ‘पर्यावरण संरक्षणमा प्रविधिको प्रभाव र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गण्डकी विश्वविद्यालय का कुलपति इन्द्रप्रसाद तिवारीले आधुनिक विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूले वातावरणीय चेतना, अनुसन्धान र हरित प्रविधिको विकासमा अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए। उनले विकास र वातावरणलाई प्रतिस्पर्धी होइन, परिपूरक शक्तिका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे।
वरिष्ठ पत्रकार, साहित्यकार तथा सामाजिक अभियन्ता नारायण वाग्लेले प्रमुख वक्ताका रूपमा प्रविधि मानव सभ्यताको महत्वपूर्ण उपलब्धि भए पनि यसको असन्तुलित प्रयोगले प्रकृति र मानवीय संवेदनामाथि गम्भीर चुनौती थपिरहेको बताए। वातावरण संरक्षण केवल नीतिगत बहसको विषय नभई जीवनशैलीको संस्कार बन्नुपर्ने उल्लेख गर्दै उनले प्रविधिलाई प्रकृतिमैत्री सोचसँग जोड्न सके मात्र दिगो भविष्य सुनिश्चित हुने धारणा राखे। कार्यक्रममा सहभागी विद्यार्थी, प्राध्यापक तथा बौद्धिक व्यक्तित्वहरूले उठाएका विविध जिज्ञासा र प्रश्नहरूको उनले सरल, गम्भीर र विचारोत्तेजक ढंगले जवाफ दिएका थिए।

कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले प्रविधिको विकाससँगै वातावरणीय उत्तरदायित्व र मानवीय संवेदनशीलता पनि समान रूपमा बढाउनुपर्नेमा जोड दिए। युवापुस्ताले प्रकृति संरक्षणलाई जीवनको संस्कारका रूपमा आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, त्रिवेणी इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख डिल्लीराम पौडेल ले शिक्षालय केवल पाठ्यपुस्तकको घेरामा सीमित नभई समाज रूपान्तरणको चेतनास्थल बन्नुपर्ने बताए।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान का सुरज पौडेल ले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले समाजमा वैचारिक जागरण र जिम्मेवार नागरिक चेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। प्रविधिको प्रयोग मानव र प्रकृतिको हितमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले शिक्षित पुस्ताले वातावरणीय उत्तरदायित्वलाई व्यवहारमा उतार्न आवश्यक रहेको धारणा व्यक्त गरे।

अन्तरक्रियामा डा. भूमिराज बस्ताकोटी, प्राडा जगन्नाथ रेग्मी, आनन्द रिजाल, डा. भानुभक्त कँडेल, शिवमणि भण्डारी र डा. आरुणी आचार्य लगायतले वातावरण, प्रविधि, शिक्षा र सामाजिक चेतनासम्बन्धी विविध धारणा तथा जिज्ञासा प्रस्तुत गरेका थिए।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका उपाध्यक्ष श्रीधर न्यौपानेले सञ्चालन गरेको कार्यक्रम विचार, चेतना र जिम्मेवारीको सुन्दर संगमका रूपमा सम्पन्न भएको थियो। सहभागीहरूको उत्साहपूर्ण उपस्थिति, बौद्धिक बहस र सशक्त अभिव्यक्तिका कारण कार्यक्रम प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस