लगातार अमेरिकाविरुद्ध नेपालको शानदार जित
- गाउँ सहर संवाददाता
- ८ जेठ शुक्रबार, २०८३ | १७:२२:०० मा प्रकाशित
काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध १२२ रनको जित निकालेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो । अमेरिकाका सञ्जय कृष्णमुर्तीले ५६ रनको इनिङ खेले । उनले ४४ बलमा समान चार चौका र छक्का प्रहार गरे ।
नोत्थुष केन्जिगेले २९, शायन जहाँगीरले २७, शेहान जयसूर्याले २६, कप्तान साइतेजा मुक्कामल्लाले २२, मिलिन्द कुमारले १२ र सौरभ नेत्रावल्करले १० रन जोडे । आठौँ विकेटका लागि सञ्जय र नोत्थुषबीच ७० रनको साझेदारी भएको थियो । दोस्रो विकेटका निम्ति शायन र शेहानले ५३ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि सन्दीप लामिछानले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र गुल्शनकुमार झाले समान दुई विकेट हात पार्दा सोमपाल कामीको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३१७ रनको योगफल खडा गरेको थियो ।
नेपालका इशान पाण्डेले ८४ रनको इनिङ खेले । उनले ८३ बलमा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ५९ रनको योगदान गरे । उनले ३६ बलमा समान चार चौका र छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ र कुशल भुर्तेलले २९ रन जोडे ।
आरिफ शेख १८ रनमा अविजित रहँदा गुल्शन झाले १५ रन बनाए । तेस्रो विकेटका लागि इशान र रोहितले ११० रनको शतकीय साझेदारी गरेका थिए । पहिलो विकेटका लागि आसिफ र कुशलबीच ६९ रनको साझेदारी भएको थियो । अमेरिकाका शुभम रञ्जानेले तीन विकेट लिए । रुसिल उगकर, मिलिन्द कुमारले समान एक विकेट हात पारे । जितसँगै २८ खेलमा २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । हारका बाबजुद २८ खेलबाट ३८ जोडेको अमेरिका शीर्ष स्थानमा कायम छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस